राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाँण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाँण


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान थप नगरेको बताए । राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको भन्दै उनले संविधान संशोधनसँग जोडिएका प्रश्न रहेको बताए ।

उनले संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्याउण्डले नागरिकताविहीनको उत्पीडन भएन ? भन्दै प्रश्न समेत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस