देउवा र प्रधानसेनापतिबीच जङ्गी अड्डामा भेटवार्ता, के भयो छलफल ?  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवा र प्रधानसेनापतिबीच जङ्गी अड्डामा भेटवार्ता, के भयो छलफल ? 


९ भाद्र २०७९, बिहिबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । 

कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला आज प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

उनीहरूबिच भेटमा के कुरा भयो भन्नेबारे जानकारी छैन । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

राष्ट्रपति र प्रधानसेनापतिबीचको भेटलाई राष्ट्रपति कार्यालयले सामान्य भने पनि बढ्दो राजनीतिक घटनाक्रमकाबीच जानकारहरूले उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस