कार्यालयको डाटा उडाएर सूचना अधिकृत तामाङ फरार ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यालयको डाटा उडाएर सूचना अधिकृत तामाङ फरार !


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । धादिङको रुवीभ्याली गाउँपालिका पूर्व सूचना प्रविधि अधिकृत बिपिन तामाङ वेबसाइटबाट सबै डाटा उडाएर फरार भएका छन् । 

करार सेवाबाट हटाएपछि तामाङले बुधबार बिहान करिव २/३ बजेको समयमा गाउँपालिकाको सम्पूर्ण वेबसाइट उडाएर सम्पर्क विहीन भएका हुन् । 

कार्यसम्पादन कमजोर भएकाले साउनबाट करार थप नगरेको र करार सेवा थप नगरेको कारण पूर्वाधारको हानी नोक्सानी गरेको हुन सक्ने गाउँपालिका स्रोतले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत नवीन कुमार गोलेले प्रशासनलाई दिएको जानकारी अनुसार तामाङले वेबसाईटसंगै फेसबुक पेजमा पनि अमुक पार्टीको लोगो रोखेका छन् । 

राजनीतिक आग्रह पूर्वाग्रह राखेर यो गलत कदम उठाएको हुन सक्ने उनको अनुमान छ । गाउँपालिकामा कार्यरत हुँदा पनि तामाङ नियमित कार्यालयमा समेत नहुने गरेको पाइएको उनले बताए ।  

हार्डकिस्क रिकभर हुन्छ या हुँदैन भन्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको प्रमुख प्रशसकिय अधिकृत गोलेले बताए । 

तामाङलाई प्रशासन डटकमले पनि सम्पर्क गर्न खोजेको थियो । तर उनको मोबाइल अफ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस