महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक 


९ भाद्र २०७९, बिहिबार


 काठमाडौँ । काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए ।

 उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ । 

 नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने-नपाउने व्यवस्था स्पष्ट नभएको समेत बताए । उनले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस