टुङ्गियो सत्ता गठबन्धनको बैठक, अझै मिलेन सिटको बाँडफाँट समझदारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

टुङ्गियो सत्ता गठबन्धनको बैठक, अझै मिलेन सिटको बाँडफाँट समझदारी


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।

बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट सङ्ख्यासहित प्रस्तुत हुने समझदारी छ ।

दलहरूबिच पटक–पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबिच अहिलेसम्म समझदारी बन्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस