प्रदीप गिरिले जितेको क्षेत्रमा सरिता गिरीले गरिन् उम्मेदवारी घोषणा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रदीप गिरिले जितेको क्षेत्रमा सरिता गिरीले गरिन् उम्मेदवारी घोषणा


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी सरिता गिरीले सिरहा क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् ।

सरिता गिरी नेपाली काँग्रेसका नेता प्रदीप गिरिको भाइ बुहारी हुन् । प्रदीप गिरिको निधन भए लगत्तै उनले नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी थिइन् ।

उनी एक महिनाअघि नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आज सिरहाको क्षेत्र नम्बर १ बाट सांसद पदका लागि निर्वाचन लड्ने घोषणा गरेकी हुन् ।

उनी आफू स्वतन्त्र व्यक्तिको रूपमा उम्मेदवारी घोषणा गरेकी बताइन् । ‘म स्वतन्त्र व्यक्तिको रूपमा उम्मेदवारी घोषणा गरेको छु, भोलि के हुन्छ त्यो भोलिको कुरा हो,’ उनले भनिन् ।

काँग्रेसबाट चुनाव लड्ने हो कि भन्ने जिज्ञासामा उनले आफू अहिले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेको बताइन् ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनपछि सरिता गिरीले आफूलाई त्यहाँ उनको उत्तराधिकारीको रूपमा देखाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस