शिक्षामन्त्री पौडेलको तर्क : पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षामन्त्री पौडेलको तर्क : पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन !


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् । 

आज बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालित योजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले पद र प्रतिष्ठाले मात्रै विकास नहुने भएकाले जनप्रतिनिधिहरूले निरन्तर समन्वय गर्न सकेमा मात्रै धेरै विकासका कामहरू गर्न सकिने बताए ।

मन्त्री पौडेलले समय-समयमा सम्बन्धित मन्त्रालयमा योजना माग गर्नका लागि पुगिरहनुपर्ने उल्लेख गर्दै मन्त्री र मन्त्रालयका कर्मचारीसँग आफ्नो पद प्रतिष्ठाको दम्भ देखाएर मन्त्रालय नपुग्दा चाहेजति योजना र बजेट प्राप्त हुन नसक्ने बताए ।

समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस