महाभियोग सिफारिस समितिले चोलेन्द्रसँग १५ भदौमा सोधपुछ गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाभियोग सिफारिस समितिले चोलेन्द्रसँग १५ भदौमा सोधपुछ गर्ने


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको छ ।

महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।

त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस