कवि राजेशमान केसीका चार कृति सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कवि राजेशमान केसीका चार कृति सार्वजनिक


८ भाद्र २०७९, बुधबार


काठमाडौँ। कवि राजेशमान केसीका चार कृति सार्वजनिक भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कवि केसीका चार कृति ‘दृष्टि’, ‘जिन्दगीको यात्रा’, ‘दृष्टिकोण’ र ‘उत्प्रेरणा’को एक समारोहका बीच सार्वजनिक गरे ।

सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न कार्यक्रममा सदस्य सचिव उपाध्यायले स्रष्टा केसीले समसामयिक विषयका विविध पक्षलाई सरल भावमा प्रस्तुत गरेको बताए ।

साहित्यकार धु्रव मधिकर्मीले समाजबाट प्राप्त विषय र भोगाइ नै स्रष्टाहरूले साहित्यमा व्यक्त गर्ने बताए ।

कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेल र समालोचक युवराज मैनालीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस