श्रम अदालतमा तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

श्रम अदालतमा तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ ।

अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा टुङ्गो लागेको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दा फैसला भएको छ ।

हाल जिम्मेवारी सरेर आएका मुद्दा संख्या १३४, नयाँ दर्ता संख्या २८, जम्मा दर्ता लगत १६२ रहेको अदालतले जनाएको छ । ‘हामी लक्ष्यभन्दा तेब्बर मुद्दाको फैसला गर्न सफल भएका छौँ,’ रजिस्ट्रार सिंहले भने, ‘जेठमा १७८।१२, असारमा २८४।३७ र साउनमा १६० प्रतिशत मुद्दाको फैसला भएको छ ।’ उनका अनुसार पछिल्लो तीन महिनामा श्रमसँग सम्बन्धित पेन्डिङ मुद्दा फैसला भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस