जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । विश्व शान्तिको प्रवर्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ। 

सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्त्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उनको योगदान ओझेलमा परेको बताए।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सत्ता सुख छोडेर जनताको हितमा लाग्ने व्यक्तित्वका रूपमा  सिंहलाई भावी पुस्ताले सम्झने बताए। 

जङ्गबहादुर राणाका नाति र चन्द्रशमशेरका ज्वाइँ भएर पनि सिंहले जनताको हितका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको ऐतिहासिक तथ्य रहेको उनले बताए। 

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मरराज जोशीले पहिलो विश्वयुद्धको विभत्स दृश्यले सिंहले मानवतावादी दर्शन प्रवर्तन गरेको बताए। मानवअधिकारका दार्शनिक चिन्तन गर्ने पहिलो व्यक्तित्व पनि सिंह नै भएको उनको भनाइ छ। 

Tags :
प्रतिक्रिया दिनुहोस