कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि, कुन जिल्ला को ?(सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि, कुन जिल्ला को ?(सूचीसहित)


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताए । उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।

प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताए ।

त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ ।

कुन जिल्लामा को ?

ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

पाँचथर : प्रदीपकुमार सुनुवार

इलाम : महेन्द्रकुमारी लिम्बु

झापा : डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम : लक्ष्मी परियार

भोजपुर : भीम पराजुली

धनकुटा : राजीव ढुंगाना

मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी : अमृत अर्याल

सोलुखुम्बु : कल्पना चौधरी

खोटाङ : तारामान गुरुङ

ओखलढुंगा : लक्ष्मी खतिवडा

उदयपुर : बलबहादुर केसी

सप्तरी : आनन्दप्रसाद ढुंगाना

सिरहा : महेन्द्रकुमार राय

धनुषा : नगिना यादव

महोत्तरी : मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : अजयकुमार चौरासिया

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

दोलखा : शान्ति परियार

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा : ध्रुव वाग्ले

लम्जुङ : शंकर भण्डारी

तनहुँ : सुरेन्द्रराज पाण्डे

कास्की : प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश कोइराला

बाग्लुङ : अब्दुल सतार

नवपुर : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पुर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली : एनपी साउद

Tags :
प्रतिक्रिया दिनुहोस