सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्ले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरेको हो ।

विद्यालय कर्मचारी (सहायक लेखापाल)लाई ३६ हजार सात सय ३० पारिश्रमिक दिनुपर्ने माग पनि छ।

यस्तै विद्यालय सहयोगीलाई २६ हजार २ सय १० पारिश्रमिक दिनुपर्ने माग उनीहरूको छ।

६० वर्ष उमेर हदका कारण अवकाश गरिएकालाई राज्यले सहयोग गर्नुपर्ने पनि माग राखेर विद्यालय कर्मचारी आन्दोलनमा छन्।

संघीय शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतस् स्थायी प्रक्रियामा लगिनुपर्ने माग पनि छ।

संघीय शिक्षा ऐन जारी हुँदासम्म विद्यालय कर्मचारीलाई शिक्षक सरहको सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने मागसहित उनीहरूले माइतीघर मण्डललगायत ठाउँमा धर्ना र प्रदर्शन गरेका छन्।

६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ।

विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययन गर्न अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने माग विद्यालय कर्मचारीहरूको छ।

Tags :
प्रतिक्रिया दिनुहोस