नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना पक्राउ


७ भाद्र २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । प्रहरीले उपत्यकाबाट शङ्कास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।

मङ्गलवार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँको वानेश्वर, कोठेश्वर , सुन्धारा , मंगलबजार, मालीगाँउ, स्वयम्भू, एरियाबाट बन्द कर्ता पक्राउ गरिएको हो । उनीहरूलाई अहिले नजिकैको प्रहरी कार्यालयमा राखिएको छ।

मङ्गलवार नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस