२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमका कार्यकारी अध्यक्षलाई चौथौँ पटक सोधियो स्पष्टीकरण 

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्‍बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो । 

सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग भनेको एक जना बोर्ड सदस्यले बताए ।

स्पष्टीकरणमा कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँ (२ हजार ३ सय डलर) मा भाडामा चलाउनुको कारण, सर्वसाधारणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लङ्घन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लङ्घन गरिएको, ५ वटा चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ ।

पर्यटन मन्त्रालयले अधिकारीसँग २ पटक स्पष्टीकरण र एक पटक बयान लिएको थियो । त्यस्तै पर्यटन सचिवको संयोजकत्वमा उनीमाथि छानबिन गर्न समितिसमेत गठन गरिएको थियो । मन्त्रिपरिषद्ले उनलाई एक पटक निलम्बन र बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका छन् । यो मुद्दाको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ ।

उनलाई साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको हित विपरीत कार्य गरेको भन्दै ५२ वटा आरोपसहित बर्खास्त गरेको थियो । तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनको सुझावका आधारमा मन्त्रिपरिषद्ले निलम्बनपछि दोस्रो पटक बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस