एमाले परित्याग गरेका सुशान्तद्वारा काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले परित्याग गरेका सुशान्तद्वारा काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा


६ भाद्र २०७९, सोमबार


काठमाडौँ। नेकपा (एमाले) परित्याग गरेका सुशान्त श्रेष्ठले काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले काठमाडौँ-५ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधि

सभाका लागि विगत ४ वर्षदेखि नै तयारी गरिरहेको उनले जानकारी दिए ।

आफू २५ वर्षको हुँदादेखि एमालेमा सक्रिय भएर काम गरेको उल्लेख गर्दै उनले युवाहरूलाई दलका नेताले मुठ्ठीमा राख्न खोजेको आरोप लगाए । पार्टीमा युवाहरूको योग्यता, सीप र क्षमताको कदर नभएकै कारण स्वतन्त्र रूपमा मैदानमा आउनु परेको उनको आशय थियो ।

नेपालमा गणतन्त्र स्थापनाको भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि जनताको अवस्थामा सुधार नभएको भन्दै उनले नेपालका राजनीतिक दलले

चिल्ला नारामात्रै बाँडिरहेको र जनताले त्यही पत्याई रहेको बताए ।

प्रत्येक मतदाताको सुझाव लिने र सुझावलाई आत्मसात् गर्दै समस्या समाधानका उपाय खोज्ने उनको भनाइ छ । ४० जना स्वतन्त्र सांसदहरू प्रतिनिधि सभामा प्रवेश गर्ने उनको दाबी छ । श्रेष्ठले अघि सारेका योजनामा सामाजिक क्रियाशीलता, पारदर्शिता र जबाफदेहिता, प्रविधिमैत्री सेवा, उद्यमशीलता र शिक्षा, सांस्कृतिक नीति जस्ता विषय रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस