सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९ हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९ हुने


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । देउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९’ हुने भएको हो । 

काली-कर्णालीको पहिचानका रूपमा रहेको देउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुषा, रहनसहनको प्रचार-प्रसार, पर्यटन प्रवर्द्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गौरा पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले बताए । 

कार्यक्रममा प्रादेशिक देउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रवर्द्धन, ९ वटै जिल्लाका कलाकारहरूका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रवर्द्धन, लोक सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यस्तै देउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १११, दोस्रो हुनेलाई १७ हजार १११, तेस्रो हुनेलाई ११ हजार १११ र सान्त्वना ५ हजार १११ पुरस्कार रहेको रावतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस