नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबिच आज द्विपक्षीय श्रम सम्झौता हुँदै छ ।

सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बिच सम्झौता गरिनेछ ।

बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजाने गरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ ।

बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालबाट जी टु जी मार्फत नेपाली कामदार पहिलो पटक बेलायत जान लागेका हुन् । गत वर्षको माघमा भएको दुई देशका अधिकारीहरू बिचको छलफलमा १० हजार नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस