सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस