२ वर्षभित्र शतप्रतिशत उपभोक्तामा बिजुली पुर्‍याउँछौँ : कुलमान घिसिङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२ वर्षभित्र शतप्रतिशत उपभोक्तामा बिजुली पुर्‍याउँछौँ : कुलमान घिसिङ


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्ष भित्र सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताए । उनले ६ वर्ष अघि जम्मा ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको विद्युत्को पहुँच अहिले ९६ प्रतिशत जनसङ्ख्यामा पुगेको बताए ।

९३ प्रतिशत जनसङ्ख्यामा ग्रिडको बिजुली पुगेकामा ३ प्रतिशत जनसङ्ख्यामा भने वैकल्पिक ऊर्जाबाट विद्युत्को पहुँच पुगेको छ । जुन, आगामी २ वर्षभित्र सम्पूर्ण जनसङ्ख्यामा ग्रिडको बिजुली पुर्‍याउने लक्ष्य प्राधिकरणले लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस