प्रदीप गिरिको इच्छा : सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिनु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदीप गिरिको इच्छा : सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिनु


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ ।

तर नेता गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको जानकारीमा आएको छ ।

नेता गिरिसँगका निकटहरूले यो खुलाएका हुन् । ४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका काँग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताए ।

गिरिसँग अझ पुरानो सङ्गतमा रहेका कुमुदरन्जन बरालले भनेका छन्, ‘प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू। यसो भन्दा उहाँले भावुक भएर आँसु झार्नुभएको थियो ।’

पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’

गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौँमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस