२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा बाढीपहिरोका कारण २२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतको हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ।

राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रकोपमा परी नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन्।

मण्डीका डिप्टी कमिस्‍नरले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको जानकारी दिए।

समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले बाढीपीडितहरूलाई पूर्ण सहयोग गर्ने बताए ।

पछिल्लो २४ घण्टामा मण्डी, चम्बा, कांगडा, कुल्लु, हमीरपुरलगायत सबै जिल्ला प्रभावित भएका छन्।

प्रदेशमा उद्धार तथा राहत कार्यका लागि शनिबार मुख्य सचिवको अध्यक्षतामा बैठक बसेको थियो जसमा पछिल्लो २४ घण्टामा भएको क्षतिको विवरण लिइएको थियो।

राजस्व विभागले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य गर्न २३२ करोड निकासा गरेको छ। पञ्जाब-हिमाचल सीमामा पर्ने कांगडा जिल्लाको चक्की नदीमा रहेको रेलवे पुल बाढीका कारण भत्किएको छ।

बाढी र पहिरोका कारण मण्डी जिल्लाका धेरै सडक अवरुद्ध भएको जिल्ला प्रशासनले जनाएको छ। हमीरपुरमा बाढीको पानीमा बालबालिकासहित २२ जना फसेका छन्। जसमध्ये १९ जनालाई सकुशल उद्दार गरिएको छ।

प्रतिक्रिया दिनुहोस