‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएका हुन् । अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सो अवसरमा उनीहरुले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस