देशको दूरगामी हितका लागि रवीन्द्र मिश्रको काँग्रेसलाई मार्ग परिवर्तनको सल्लाह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देशको दूरगामी हितका लागि रवीन्द्र मिश्रको काँग्रेसलाई मार्ग परिवर्तनको सल्लाह


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले देशको दूरगामी हितका लागि काँग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् ।

मिश्रले सामाजिक सञ्जालमार्फत ५र६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै काँग्रेसप्रति टिप्पणी गरेका छन् ।

माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको काँग्रेसले वैशाखी टेकिरहेको आरोप लगाएका छन् ।

‘यदि काँग्रेसले ‘बिपी राजमार्ग’नछोडेको र बिपी कोइरालाको यो पुस्तक गाउँगाँउसम्म पुर्‍याएको भए आज काँग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन’, मिश्रले लेखेका छन् ।

उनले लेखेका छन्, ‘काँग्रेसले जति छिटो : मार्ग परिवर्तन गर्‍यो त्यति छिटो काँग्रेस र देश दुवैको भलो हुनेछ। यो देशको दूरगामी हित हुनेछ। अन्यथा काँग्रेसले कसै न कसैको वैशाखी टेकिरहनु पर्नेछ। र त्यसले देशलाई घाटा गरिरहने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस