माछापोखरीको एक ग्यारेजमा मर्मतका लागि राखेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माछापोखरीको एक ग्यारेजमा मर्मतका लागि राखेको बसमा आगलागी


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । माछापोखरीमा रोकेर राखेको बसमा आगलागी भएको छ । गए राति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ ।

मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लागेको थियो । आगलागीबाट बस पूर्ण रूपमा जलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस