श्रीपालीलाई वाईसीएलको अध्यक्ष बनाउने तयारी, महासचिवमा ३ जनाको दाबी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीपालीलाई वाईसीएलको अध्यक्ष बनाउने तयारी, महासचिवमा ३ जनाको दाबी 


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सुबोध श्रीपालीलाई दिने तयारी भएको छ। शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय भेलाबाट उनलाई नेतृत्वमा चयन गर्ने तयारी भएको हो ।

उनी हाल सङ्गठनको सह-संयोजकको भूमिकामा छन् । यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेर हद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाउने गरी वाईसीएलभित्र तयारी भएको छ ।

यस्तै आईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका छन् । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा छन्। अरू पदमा खासै विवाद नभएपनि महासचिवमा मात्रै को हुने भन्नेमा विवाद  देखिएको एक नेताले बताए । पदाधिकारीमा सकेसम्म सर्वसम्मत गरिने र  यदि सहमति हुन नसकेमा निर्वाचनमा जाने तयारी गरिएको छ । 

शुक्रबार वाईसीएलको उदघाटनसत्र सकिएको छ । बन्दसत्रका लागि नवराज ढुगानाको संयोजनमा ५ सदस्यीय अध्यक्ष मण्डल बनाइको श्रीपाली बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस