रत्ननगरमा गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि राजमार्ग अवरुद्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रत्ननगरमा गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि राजमार्ग अवरुद्ध


३ भाद्र २०७९, शुक्रबार


चितवन । पूर्वी चितवनको रत्ननगरस्थित खगेरी पुल नजिक बोलेरो गाडीले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे ५ बजे बोलेरोको ठक्करबाट स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।​

रानामगरलाई ठक्कर दिएपछि बोलेरो गाडीका चालक फरार भएको र खोजी जारी राखेको प्रहरीले बताएको छ। घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस