माओवादी स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लगाउने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लगाउने तयारी


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् ।

बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए । त्यसैले आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा नौ बजेदेखि मात्रै सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस