कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर 


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ।

भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

यसरी मुद्दा दायर गरिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नम्बर ३ का धर्मराज हरिजन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ का श्याम पशुपति ईन्टरप्राईजेजका प्रोप्राइटर श्याम बहादुर यादव, मकवानपुर थाहा नगरपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका ४ बस्ने रमेश गोपाली, कपिलवस्तु मायादेवी गाँउपालीका वडा नम्बर ७ का ईस्तीहाक अहमद, नवलपरासी सरावर गाउँपालिकाका बिनुमाया श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरका अनिल श्रेष्ठ रहेका छन् । 

यी ६ जनालाई एक करोड दश लाख चौविसहजार उनान्तीस रुपैयाँ बिगो कायम गरिएको छ । 

चितवन भरतपुर महानगरपालिका, वडा नम्बर १ बालकुमारी चौक स्थितमा लु १ ख ९५४५ नम्बरको ट्रकमा सिमेन्ट लोड रहेको र उक्त सिमेन्ट माथि  राखिएको विभिन्न किसिमका २३ पोका कपडाहरू लुकाई छिपाई ओसार पसार गरिरहेको अवस्थामा बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस