अब ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने 


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा शिक्षकको प्राध्यापनको उमेरहद घटाइएको छ । चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धी मापदण्ड २०७९’मा सो उमेर ७० वर्ष कायम गरिएको छ ।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा  शिक्षक (फ्याकल्टी)को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भएपनि यो मापदण्ड लागु भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षकको शिक्षक (फ्याकल्टी) को उमेर ७० वर्ष भन्दा बढी नहुने उल्लेख छ ।

यो नियम अबको पाँच वर्षपछि कार्यान्वयनमा आउने नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।  

यसअघि शिक्षकको उमेरहद डेन्डल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस