एकै दिन ३ हजार ३१७ जना सवारी चालक कारबाहीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकै दिन ३ हजार ३१७ जना सवारी चालक कारबाहीमा


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन्।

यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस