दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिँदै


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौँबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्‍याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहर फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।

‘स्थानीयको अवरोध खुलाउन हामी आफैँ फिल्डमा छौँ । प्रहरीको सुरक्षा घेरामा काठमाडौँको फोहोर बञ्चरेडाँडामा खसिरहेको छ । स्थानीयको अवरोध हटाएर फोहोर फाल्ने काम भइरहेको छ’ मैनालीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस