सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ ।

बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस