सानीभेरी नदीमा युवकको शव फेला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सानीभेरी नदीमा युवकको शव फेला


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका– ४ स्थित सानीभेरी नदीको बीचमा बनेको टापुमा बुधबार अन्दाजी २९–३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको टोलीले उक्त शव निकालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन । घटनाको थप विवरण आउन भने बाँकी रहेको सोतीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस