२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’ दिइने

अ+ अ-

काठमाडौँ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि पाँच सय ६८ खोप कार्यकर्ता र एक हजार एक सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

यहाँका सात स्थानीय तहमा यही भदौ ८ सम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।

जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् ।

कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन् । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म तीन हजार चार सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस