तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद


प्रशासन संवाददाता

१ भाद्र २०७९, बुधबार


काठमाडौँ । ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझको समयमा सुनवल नगरपालिका–११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरीले जनाएको छ ।

नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरू नदीजन्य पदार्थको चोरी निकासी गरिरहेको खबर बाहिर आएपछि पालिका र प्रहरीहरु खोला क्षेत्रमा निगरानी बढाएका छन् ।

पालिकामा बुझाइएका ति टिपरहरुलाई निर्धारित जरिवाना गराइने पालिकाले जनाएको छ ।

त्यसैगरि प्रहरी चौकी बैरगनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम १८ दशकट्टाबाट लु १ ज ४४०९ नम्बरको पिकअप गाडी सहित १५ क्विन्टल चिनी बरामद गरि जिल्ला प्रहरी कार्यालय मार्फत महेशपुर भन्सारलाई बुझाएको छ ।

बरामद चिनी ९० हजार र गाडीको मुल्य १२ लाख कायम गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस