इन्धनको मूल्य घटेर फेरी घटेर आयो, निगम भन्छ समायोजन हुँदैन ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्धनको मूल्य घटेर फेरी घटेर आयो, निगम भन्छ समायोजन हुँदैन !


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको भए पनि नेपाल आयल निगमले भने समायोजन नगर्ने जनाएको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गरेर नेपालमा बिक्री गर्दै आएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य सूची पठाउने गरेको छ।

आज इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। आयल निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ ९४ पैसा र डिजेलमा चार रुपैयाँ ८४ पैसा घटेर आएको छ।

आयल निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नयाँ मूल्य सूची अनुसार प्रतिलिटर चार रुपैयाँ ७४ पैसा नाफा भइरहेको जनाएको छ। त्यस्तै, डिजेलमा चार रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको जनाएको छ।

जसले गर्दा भारतबाट घटेर आएको भए पनि नेपालमा मूल्य समायोजन नगरिने निगमले जनाएको छ। निगमले भनेको छ, ‘नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थहरूको थोक तथा खुद्रा बिक्री मूल्यहरूमा कुनै समायोजन नगरी हाललाई यथावत् राखिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

Tags :
प्रतिक्रिया दिनुहोस