प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन


३१ श्रावण २०७९, मंगलबार


रामेछाप । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोल टोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

१९औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको पूजा गर्ने दिन आउने दाबी गरे ।

प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौँदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए ।

प्रथम राष्ट्रपति डा। रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको पुनले दाबी गरे ।

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको भन्दै पुनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेन्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने गरी बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस