काँग्रेसले गर्‍यो दल दर्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेसले गर्‍यो दल दर्ता


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परियोजनाका मङ्गलवार दल दर्ता गरेको छ ।

काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मङ्गलवार अपराह्न निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

सहयोगीका रूपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव द्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मङ्गलवारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मङ्गलवार दल दर्ता गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस