झापामा ट्रकले ठक्कर दिँदा स्कुटी चालकको मृत्‍यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झापामा ट्रकले ठक्कर दिँदा स्कुटी चालकको मृत्‍यु


३१ श्रावण २०७९, मंगलबार


झापा । झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा झापाको दमक नगरपालिका–४ बस्ने ६८ वर्षीय रामजुलुम नायक रहेका छन् ।

साउन २७ गते ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश नं.१–०४–००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

स्कुटीलाई ठक्कर दिने ट्रक चालक ३८ वर्षीय मत्रिका दनुवारलाई इलाका प्रहरी कार्यालय दमक झापाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस