कोहलपुर-सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन रोक  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोहलपुर-सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन रोक 


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो। 

आइतबार राति जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि प्रशासनले यस्तो सूचना जारी गरेको हो।

यसै घटनालाई लिएर स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए।

प्रशासनका अनुसार आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा-५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जङ्गलमा जङ्गली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो।

त्यसै विषयलाई लिएर सोमबार बिहान ११ बजेदेखि आफन्तहरूले विभिन्न मागहरू राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक करिब ६ घण्टापछि खुलेको थियो।

यो सँगै प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) चल्न नदिने निर्णय गरेको हो।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडिपछाडि रही सञ्चालन गर्ने निर्णय गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस