भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । 

तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । 

सङ्घको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस