सत्ता गठबन्धन : सिटौलालाई सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्ता गठबन्धन : सिटौलालाई सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन काँग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस