५५ अंकले बढ्यो सेयर, २ अर्ब ४३ करोडको कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५५ अंकले बढ्यो सेयर, २ अर्ब ४३ करोडको कारोबार


३० श्रावण २०७९, सोमबार


शेयर बजार

काठमाडौँ । यसअघि लगातार ५ दिनसम्म ओरालो लागेको सेयर बजार सोमबार भने उकालो लागेको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकिएको छ ।

सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।

बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढे । कुल १८० कम्पनीको मूल्य बढ्दा ४ को मात्रै घट्यो । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस