प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीको धर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीको धर्ना


३० श्रावण २०७९, सोमबार


जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।

सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पुर्व राज्य मन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।

उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

यो आन्दोलन अन्तर्गत आईतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस