देउवाद्वारा अभिमुखीकरण कार्यक्रमको उद्घाटन, आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवाद्वारा अभिमुखीकरण कार्यक्रमको उद्घाटन, आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । काँग्रेसले जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण सुरु गरेको छ । ललितपुरमा सुरु भएको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् ।

त्यसलगत्तै उपसभापति धनराज गुरुङले आफूहरूले सुरु गरेको अभिमुखीकरण सुशासनका लागि भएको बताउँदै जनगुनासो बढी रहेको बताए ।

“जनगुनासो छ, व्यवस्थाप्रति जनताको गुनासो होइन पात्र बदलिए, प्रवृत्ति उस्तै भएर हो,” उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा त पुग्यो तर भ्रष्टाचार पनि पुग्यो । जनतालाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुहोला । जनताको प्रश्न र आशाहरूको ओठे जवाफबाट होइन कामबाट दिनुहोस् । चुनावमा गरेका बाचा पूरा गर्नुहोस् । आगामी चुनावबाट बहुमतको लक्ष्य हासिल गर्नुपर्नेछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस