कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै ट्रेड युनियन सञ्जालद्वारा दबाब सुरु  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै ट्रेड युनियन सञ्जालद्वारा दबाब सुरु 


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूका ५ वटै ट्रेड युनियनहरूले दबाब दिएका छन् ।

आज (साउन ३०)बाट ‘निजामती सेवा ऐन जारी गर’ सहितको कालो ब्यानर छातीमा टाँसेर कर्मचारीहरूले दबाब कार्यक्रम सुरु गरेका हुन् । 

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ २ गतेसम्म यसै गरी काम गर्ने बताएका छन् । साथै ३ गतेदेखि सेवा प्रवाहमा नै असर गर्ने गरी थप कार्यक्रम तय गरिने मोहन घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस