भूमिहीनले यही वर्षभित्रै लालपुर्जा पाउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

 भूमिहीनले यही वर्षभित्रै लालपुर्जा पाउने


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । लमजुङका भूमिहीनले ०७९ भित्र जग्गाहित आफ्नो नामको लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले जिल्लामा घरबारविहीन विहीन भएका भूमिहीनलाई वासको व्यवस्था गर्ने गरी काम भइरहेको बताए । 

अधिकारीका अनुसार आयोगले जिल्लामा अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुमबासी गरी तीन प्रकृतिको लगत सङ्कलन गरिरहेको छ । जसमध्ये हालसम्म लमजुङमा ६ सय ३ घर अव्यवस्थित बसोवासी, तीन सय ९० घर भूमिहीन दलित र सुकुमबासीको लगत सङ्कलन भएको आयोगसम्बन्धी जिल्ला कार्यालय लमजुङले जनाएको छ । 

आठ स्थानीय तह रहेको लमजुङमा राइनास, सुन्दरबजार नगरपालिका, दोदी र मस्र्याङ्दी गाउँपालिकाको लगत सङ्कलन भएको छ भने बेँसीसहर, मध्यनेपाल नगरपालिका, क्व्होलासोंथर र दुधपोखरी गाउँपालिकामा भदौ पहिलो साताबाट लगत सङ्कलन सुरु गरिने अध्यक्ष अधिकारीले बताए ।   

उनले सुकुमबासीलाई एउटा घर र सागपात खान पुग्ने जग्गा उपलब्ध हुने बताए । कुनै–कुनै ठाउँमा सामुदायिक वन क्षेत्र वा केही व्यक्तिका जग्गामा समेत सुकुमबासी बस्ती रहेको हुँदा ती बस्ती सारेर मात्रै प्रक्रियामा जानुपर्ने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस