विष्णुमती खोलामा हाम फालेका पुरुषको उद्धार  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विष्णुमती खोलामा हाम फालेका पुरुषको उद्धार 


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको विष्णुमती खोलामा हाम फालेका एक पुरुषको उद्धार गरेको छ।

आइतबार राति साढे सात बजे एक पुरुषले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक पुलबाट विष्णुमती खोलामा हाम फालेका थिए।

ती पुरुषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती पुरुषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

अन्दाजी ४०-४५ वर्षीय ती पुरुषको पहिचान पनि खुलेको छैन। 

उनले खोलामा किन हाम फालेका थिए भन्न पनि नखुलेको मैनालीले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस