२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट बाँडफाँट यथाशीघ्र गर्न कार्यदललाई निर्देशन

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए ।

गठबन्धनले सिट बाँडफाँट गर्न काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

‘केही दिन अगाडि सत्ता गठबन्धनमा सिट बाँडफाँट व्यवस्थापन कार्यदल बनेको थियो । आजको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ,’ मन्त्री कार्कीले भने ।

गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ ।

प्रतिक्रिया दिनुहोस